धादिङ १९ मङ्सिर
अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा जिल्ला अस्पताल धादिङको परिसर सरसफाई तथा रङ रोगन गरिएको छ । धादिङ, सोसियल भोलिन्टिएर नेपाल र संयुक्त एम्बुलेन्स चालक समाजको अग्रसरतामा आयोजित सरसफाइ तथा रङ रोगन कार्यक्रममा जिल्ला अस्पताल धादिङका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रम अन्तरगत जिल्ला अस्पताल धादिङको तारजालीको सरसफाइ गरिनुका साथै वालहरुमा रङरोगनका कामहरु सुरु गरिएको सामाजिक अभियन्ता नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । बिरामीहरुको चाप बढेसँगै जिल्ला अस्पताल धादिङको परिसरमा हुने गरेको फोहोरलाई उचित ठाउँमा व्यबस्थापन गर्न विभिन्न संघ संस्थाहरुले सरसफाई अभियान सञ्चालन गर्दै आई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस