धादिङ/वैशाख १३– धादिङ जिल्लामा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाभित्र रहेका हाइड्रोसिलका समस्या भएका बिरामीहरुलाई प्रदेश नं. ३ सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पताल धादिङले पहिलो चोटी शल्यक्रिया कार्यक्रम सञ्चालन गर्न लागेको हो । यही बैशाख महिनाको २७ गतेभित्र जिल्ला अस्पताल धादिङ र आफूलाई पाएक पर्ने स्वास्थ्य केन्द्रमा गई हाइड्रोसिलको समस्या भए नभएको पहिचान गर्न र यदि रोग पहिचान भएमा जिल्ला अस्पताल धादिङमा नाम दर्ता गराउन जिल्ला अस्पताल धादिङकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट दिपा बोहोराले आग्रह गर्नु भयो ।
करिब ७२ जना बिरामीको शल्यक्रिया गर्ने लक्ष्य लिएको जिल्ला अस्पताल धादिङले स्थानीय तहका स्वास्थ्य संयोजक, स्वयमसेविकाहरुलाई आ–आफ्नो क्षेत्रमा भएका बिरामीहरुको पहिचान गरी जिल्ला अस्पतालसम्म ल्याउने वातावरण मिलाउन जिल्ला अस्पताल धादिङका अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले आग्रह गर्नुभयो । वीर अस्पतालका डाक्टरहरुको सहकार्यमा सञ्चालन हुने शल्यक्रिया कार्यक्रम जेष्ठ महिनाको पहिलो हप्ता जिल्ला अस्पताल धादिङ सञ्चालन गरिने अस्पताल प्रशासनले शुक्रबार प्रत्रकारहरुसँग कुराकानी गर्दै जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस