कृष्णा बहादुर लामिछाने
(वरिष्ट सम्बाददाता)
धादिङ २५ मंसिर
समाज सेवी तथा भीमोदय बहुमुखी क्याम्पस व्यवस्थापन समिति का अध्यक्ष गणेश कुमार श्रेष्ठ को जीवन संघर्षको कथा “पुस्तालाई पुर्र्र्खाको नासो“ संस्मरण ग्रन्थको लोकार्पण समारोह २०८१ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं सम्माननिय पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो ।
आफ्ना पुर्खाले गरेका सत कर्म आफ्ना सन्ततिहरुको मानस पटलमा पुर्याउने उद्देश्यले लेखकले आफ्नै पाटो, आफ्नै बाटो, आफ्नै प्रकृति लाई परिवेस बनाएर निस्काम कर्मलाई स्मरणात्मक शौलिमा प्रस्तुत गरेका छन् । यसमा पारिवारिक जीवन भित्रका सुख दुःखका भाव सन्तान प्रेम तथा मातृभूमि प्रतिको अनुराग, आफ्ना अग्रज, समकालिन साथीहरू र आफु पछिका व्यक्तिहरुबाट समाज रुपान्तरणका लागी निस्काम कर्मको सम्मान पूर्वक स्मरण गरिएको छ।
यस कृतिमा अथक परिश्रम पसिनाको चर्चा, सद्भाव, प्रेम, वेथा, करुणाको भाव, आत्मीयता, निष्ठा, आसा र भरोसा रहेको छ । लोप भएका र लोप हुन लागेका चलनहरूको रोचक ढंगले आउने पुस्तालाई नासोको रूपमा पस्कने काम भएको छ ।
लेखकले आफ्नो उर्जाशिल समय बिताएको भीमोदय स्कूल ,आरुटार सिंचाई लगाएत पछिका दिन भीमोदय बहुमुखी क्याम्पसको अध्यक्ष भएर गरेका निस्काम कर्मलाई स्मरणात्मक शैलिमा प्रस्तुत गरेका छन् । ने.क.पा माओवादी केन्द्रका अध्यक्ष एवं सम्माननिय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भीमोदय मा.वि. आरुघाट गोरखामा सहकार्य गर्दाको स्मरण सहित आफ्नै घरमा परिवारको सदस्य भएर बस्दाको क्षणलाई संयोग मानी सहरीदयता पूर्वक स्मरण गरिएको छ ।
लेखकको यस कृतिले आफ्नै जन्म भुमीमा बसेर आफ्नो क्षमताले भेटे सम्म सामाजिक कार्य गर्ने र मातृभूमी को माया गर्ने प्रेरणा वर्तमान पुस्तालाई गराएको छ ।
संचारकर्मी शिव श्रेष्ठले सहजीकरण गर्नु भएको कार्यक्रममा एस्वीकर श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो त्यस्तै समिक्षकको भूमिकामा भीमोदय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. विरेन्द्र पुडासैनी रहनु भएको थियो ।
“ पुस्तालाई पुर्खाको नासो“ पुस्तका लेखक गणेश कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमा ने.क.पा माओवादी केन्द्रका अध्यक्ष एवं सम्माननिय पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।
लेखककी श्रीमति समाज सेवी नारायण देवी श्रेष्ठ, पूर्व अर्थ राज्य मन्त्री चिन काजी श्रेष्ठ, पूर्व शहरी बिकास राज्यमन्त्री छम् बहादुर गुरुङ, भीमोदय मा.वि लाई बगैंचा सहित को १५६ रोपनी जग्गा दान गर्नुहुने विजय राणाका छोरा मनोज राणा सहित को विशेष आतिथ्यता रहेको कार्यक्रमा शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजिनी, संचारकर्मी लगाएत लेखकका परिवारजनहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस