धादिङ २२ मंसिर
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा हिसाव दौड प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार वडा शिक्षा समितिको आयोजना तथा कुवापानी आधारभुत विद्यालयको व्यवस्थापनमा भएको हिसाब दौड प्रतियोगितामा कक्षा १ देखि ३ सम्मका प्रथम– कमन राना मगर–अन्नपूर्ण आधारभूत विद्यालय,द्वित्तीय– दिबिसा गुरुङ सरस्वती आ.वि मजुवा, तृतीय – अनुप थापा मगर कालिकादेवी आ वि, सान्त्वना– सायल गुरुङ ढाडखर्क आ वि रहेको थियो ।
त्यस्तै कक्षा ४ प्रथम– प्रताप परियार हिलेपोखरी आ वि, द्वितीय – रोयन आले मगर अन्नपूर्ण आ वि, तृतीय – शिवन कार्की मण्डली मा वि, सान्त्वना–रोविन गुरुङ ढाडखर्क आ वि भएको थियो ।
त्यस्तै कक्षा ५ अत्तरगत प्रथम– सृष्टि परियार अन्नपूर्ण आ वि, द्वितीय –रोशनी घले सरस्वती आ वि, तृतीय – यन्जल गुरुङ ढाडखर्क आ वि, सान्त्वना–लिजा थापा मण्डली मा वि ले विजय हासिल गर्न सफल भएको हो ।
कुवापानी आधारभुत विद्यालयको व्यवस्थापन समिती अध्यक्ष सक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता बागमती प्रदेशका पुर्व साँसद जगत सिँखडाको विशिष्ठ आतिथ्यता र गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडा र वडा अध्यक्ष कुमार बहादुर अधिकारीलगायतको आतिथ्यतामा सम्पन्न भएको हो । वडा नम्बर ५ स्थितमा १ वटा मावि र आधारभुत विद्यालय ९ वटा रहेको छ ।
प्रतिक्रिया दिनुहोस