धादिङ २१ मंसिर
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा ३ दिने मौरी पालन तालिम सम्पन्न भएको छ ।
३३ औँ अन्तर्राष्टिय अपाङ्गता दिवसको अवसरमा धादिङ नेत्रहीन संघको आयोजना तथा गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा ३ दिने मौरी पालन तालिम सम्पन्न भएको हो ।
गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जय बहादुर स्याङ्तानको प्रमुख आतिथ्यता तथा गंगाजमुना गाउँपालिका प्रवक्ता एवंम गंगाजमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा शारीरिक रुपमा अपाङ्गता भएका २६ जनालाई मौरी पालन तालिम तथा मौरी सहितको घार वितरण गरिएको गाउँपालिका प्रवक्ता एवंम गंगाजमुना गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीले रेडियो बिहानीलाई बताउनुभयो ।
अपाङ्गता भएको व्यक्ति राज्यको एउटा अभिन्न अङ्ग भएकाले उनीहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी गाउँपालिकाले सशक्तिकरणको लागि उक्त कार्यक्रम गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । कार्यक्रम मंसिर १८ देखि २० सम्म सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस