धादिङ १३ मंसिर
नेकपा (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले मंसिर २८ गते भ्रष्टाचार र वेथिति विरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा आज बसेको नगर अधिवेश तयारी बैठकले २८ गते नगर कार्यसमिति घोषण सभा तथा भ्रष्टाचार र वेथिति विरुद्ध सभा आयोजना गर्ने निर्णय गरेको जिल्ला संयोजक मनराज भण्डारीले जानकारी दिनुभयो ।
भ्रष्टाचार र वेथिति विरुद्धको सभा नीलकण्ठमा नभई जिल्लाका सबै पालिका सम्मेलनको दिन हुनेछ। धादिङ क्षेत्र नं. १ को धुनीबेसी नगरपालिकामा मंसिर १८ गते,बेनीघाट रोराङमा २२ गते,गल्छीमा २४ गते,गजुरीमा २८ गते, सिद्वलेकमा २९ गते थाक्रेमा ३० गते हुने भण्डारीले बताउनुभयो । त्यस्तै धादिङ क्षेत्र नं. २ को रुबिभ्यालीमा मंसिर २१ गते, खनियावासमा २३ गते, गंगाजमुनामा २८ गते, त्रिपुरासुन्दरीमा २५ गत,नेत्रावतीमा २७ गते, नीलकण्ठमा २८ गते,ज्वालामुखीमा ३० गते हुनेछ ।
पालिका सम्मेलनका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्र र प्रदेशका सबै नेताहरुलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस