धादिङ १२ मंसिर
सामूदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्ज धादिङले आफ्नो १६ औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
बुधबार एक कार्यक्रमको आयोजना गरि सहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको १६ औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको हो ।
रेडियोको सञ्चालक समिती अध्यक्ष मनराज भण्डारी(शैलेस)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका ईञ्चार्ज एवम् संविधान सभाका सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।
२०६६ साल मंसिर १२ गते बाट ५०० वाट क्षमतामा दैनिक १७ घण्टा प्रशारण गरि समूदाय केन्द्रित सूचना समाचार विज्ञापन तथा सचेतामूलक,मनोरञ्जनात्मक कार्यक्रमका साथै गीतसंगीत,शिक्षा,स्वास्थ्य, स्थानीय सरोकारका विषयबस्तु तथा सामाजिक सुरक्षा जागरण जस्ताका सवालहरुमा रेडियो कार्यक्रम सञ्चालन गर्दै आम जनसमूदायलाई सूसुचित गर्दै आएको छ ।
ध्वनी तरङगसंगै रेडियोले अफिसियल फेसबुकपेज अनलाईन प्रसारणका साथै हाम्रो पात्रो मोबाईल एप्लिकेशनमार्फत संसारभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको संविधानसभा सदस्य पुष्प विक्रम मल्लले सामुदायिक रेडियोले स्थापना कालदेखि नै समूदाय केन्द्रित भएर सूचना समाचारका साथै व्यवसायिक विज्ञापन गरि लोक प्रिय सञ्चार गृहको रुपमा स्थापित गर्न सकेको शुभकामना व्यक्त गर्नुभयो
स्थानीय सरकारले सामुदायिक रेडियोसंग समन्वय गरि बिकास तथा सुशासन लगायतका जनलक्षित कार्यक्रम तथा सन्देशमूलक सूचनाहरु नागरिक समक्ष पुराई हरेक समूदायको सहभागीतामा पहुँच पुर्याउन आवश्यक रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारीले स्पष्ट पार्नुभयो ।
रेडियो सञ्चालक समिती अध्यक्ष मनराज भण्डारीले सहिदहरुको सम्झनामा स्थापित रेडियो बिहानीले समूदायहितको लागि आवाज उठाउदै समाज र मानिसको जीवन नै बदल्न रेडियोको महत्वपुर्ण भूमिका रहेको स्पष्ट पार्नुभयो ।
संस्थाका महासचिव एवम् नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा संचालक समिति उपाध्यक्ष संगीता कँडेलले स्वागत मन्तव्य राखेको थियो ।
सञ्चालक समिति तथा रेडियो व्यवस्थापन समिति सदस्य लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, अतिथि पत्रकार, सञ्चार गृहका पत्रकार सेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस