धादिङ ११ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको धादिङ आवासीय माध्यमिक विद्यालयले नमुना प्रतिनिधी सभा कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार विद्यालयको कार्यपात्रोमा उल्लेख गरिए अनुरुपको कार्यक्रम अनुसार नमुना प्रतिनिधी सभा कार्यक्रम सम्पन्न गरेको हो ।
कक्षा १० मा अध्ययनरत बालबालिकालाई संसद हल भित्र संसद कसरी चल्छ र देशको राज्य व्यवस्थाको मुख्य अंग मध्यको एउटा व्यवस्थापिका कसरी सुचारु हुने गर्दछ भन्ने कुरा सिकाउनका लागि विद्यार्थीहरुलाई नै त्यसको अभिनय गराई अझ व्यवहारिक रुपमा बुझ्ने वातावरण सिर्जना गरिदिएको विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
फोटो फिचर :
प्रतिक्रिया दिनुहोस