धादिङ ११ मंसिर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले समवेदना वक्तव्य जारी गरेको छ ।
मंगलबार पार्टीले वक्तव्य जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा संविधान सभा सदस्य क. कल्पना धमला, एडिलेट स्टेट साउथ अष्ट्रेलियाका स्टेट कन्सुलर एवं धादिङ जिल्लाको कम्युनिष्ट आन्दोलनको पुराना र प्रेरणादायी नेतृत्व क. दीपक धमला, माओवादी आन्दोलनका सहयोद्धा क. इन्दिरा धमला, महिला पर्यटन व्यवसायी क. शर्मिला धमला, प्रगतिशील जनस्वास्थ्यकर्मी नर्सिङ महासंघका केन्द्रीय सदस्य क. संगिता धमला, समाजसेवी यमप्रसाद धमला र ओम प्रसाद धमलाका श्रद्धेय पिता तथा चन्द्रकुमारी धमला र लक्षीमादेवी धमलाका परम् पूजनीय श्रीमान् दुर्गा प्रसाद धमलाको मिति २०८१ साल मंसीर ११ गते भएको देहावसानले सिङ्गो जिल्ला पार्टीलाई स्तब्ध बनाएको जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले वक्तव्य मार्फत महान् जनयुद्धलाई उचाईमा पुर्याउनको निम्ति रहेको उहाँको विशेष योगदान सम्झदै इतिहास रच्न सक्ने छोराछोरीहरुलाई जन्म दिनुहुने बुवाप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहीरो समवेदना व्यक्त गरेको छ ।
ने.क.पा माओवादी केन्द्र धादिङद्धारा जारी समवेदना वक्तव्य
प्रतिक्रिया दिनुहोस