धादिङ १० मंसिर
सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा बसेकामध्ये ४१ प्रतिशत हिंसा श्रीमानबाट हुने गरेको पाईएको छ ।
काकाबाट, बाबुुबाट, छिमेकीबाट, परिवारका सदस्यबाट, साथीबाट र आफन्तबाट घटना भएको पाइएको छ । लैंगिक हिंसा विरुद्धकको १६ दिने अभियानको अबसरमा आज जिल्लामा महिला मानवअधिकारको अवस्था विषयक छलफल कार्यक्रममा लैंगिकताको आधारमा हुने हिंसा र चुनौतिका बारेमा प्रस्तुती गर्दै सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी गराउनुभएको हो ।
धादिबेशीमा रहेको सुरक्षित आवास गृहमा बसेका ३८ जना मध्ये जबरजस्ती करणीको ११ जना रहेको उहाँले बताउनुभयो । जिल्लाको एकद्वार संकट व्यवस्थापन केन्द्रमा गत वर्ष आएका १८ जना यौन हिंसा पीडित मध्ये १४ जना बालिका रहेका रहेका छन् । सुरक्षित आवास गृहमा आवास सेवा लिएका मध्ये १८ वर्ष मुनिका २३ जना, १९ देखि ४० वर्ष उमेरका १३ जना र ४१ भन्दा माथीका २ जना सबैले कठिन परिस्थीतिको सामाना गरिरहेको सापकोटाले बताउनुुभयो ।
साथै महिला र बालिकाहरुले अदालतबाट पाएको क्षतिपूर्ति लिन समेत कठिन भएको पनि उहाँले बताउनुुभयो । बाबुुबााट यौन हिंसामा परेर सुरक्षित आवास गृहमा बसेका बालिकाहरुले अदालतले फैसला गरेको क्षतिपूर्तिको रकम लिन नागरिकता नहुने, आमा नभएकाहरु बाबु पीडक हुँदा क्षतिपूर्ति लिन नै नसक्ने अवस्था आएको सो अबसरमा जानकारी गराउनुभयो ।
सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृह संचालन गर्नका लागि चुनौतिको रुपमा रहको बताउदै ३ तहकै सरकारको प्राथामिकताको विषय बन्न नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आत्महत्या,घरेलु हिंसा र जबरजस्ती करणीको घटना धेरै दर्ता भएको बताउनुभयो ।
पछिल्लो समयमा हिंसाका घट्नाहरु बढिरहदा लैंगिक मैत्री वातावरण बनाउन सके यसको न्युनिकरणमा कमी आउने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।त्यसको लागि तीन तहकै सरकारले चासो दिनुपर्ने उहाँले बताउनुभयो ।
यसैगरी नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले मरेतुल्य जिवन बाँचिरहेको अवस्था अन्त्यको प्रतिवद्धता गर्ने दिनको रुपमा १६ दिने अभियानलाई लिनुपर्नेमा जोड दिनुभयो । साथै सुरक्षित आवास गृह सरकारले संचालन गर्नको निम्ति नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस