धादिङ १० मंसिर
महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको दशौं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
सोमबार सम्पन्न अधिवेशनबाट खिल कुमारी तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
जसको उपाध्यक्षमा दुर्गा अधिकारी, सचिवमा ज्ञानु कँडेल, सहसचिवमा रबिना पौडेल र कोषाध्यक्षमा शुसिला भण्डारी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भगवती अर्याल, शान्ता रुपाखेती, उर्मिला श्रेष्ठ, राधिका सापकोटा, हरिमाया शाही, आरती शाह , सीता रिजाल ( अपांगता क्षेत्र) र स्नेहा श्रेष्ठ ( युवाको क्षेत्र) चयन हुनुभएको छ ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजालका अध्यक्ष गायत्री खतिवडाको अध्यक्षता र महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको पुर्व महासचिव राधिका सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्लाभर बाट नै प्रतिनिधित्व गरि आएका महिला मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस