धादिङ १० मंसिर
धादिङमा २ दिने मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
मंसिर ९ र १० गरि २ दिन सम्म सञ्चालन भएको शिविरमा ८६ जनाले सेवा लिएका छन् ।
स्थानीय तहको समन्वय र तिलगंगा सर्जिकल आखाँ केन्द्र धादिङको आयोजनामा बिरामीहरुलाई खाने बस्ने व्यवस्था सहितको सेवा प्रदान गरिएको हो ।
यहि मंसिर ३ गते शेचेन करुणा संस्थाद्धारा आयोजित निशुल्क आँखा शिविरबाट खनियाबासमा छनौट गरिएको मोतिया विन्दुको बिरामी ५१ र तिलगंगा सर्जिकल आखाँ केन्द्र धादिङबाट छनोट भएका निलकण्ठ नगरपालिकाको १० जना, गल्छी गाउँपालिकाको २ जना , ज्वालामुखी गाउँपालिकाको १३ , गंगाजमुना गाउँपालिकाको ३ जना र रुविभ्याली गाउँपालिका, सिद्धलेक गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको १/१ जना र नेत्रावती गाउँपालिकाको ४ जना गरि जम्मा ८६ जना बिरामीहरुलाई सेवा दिईएको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका प्रमुख सुपेन्द्र ताम्राकारले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस