धादिङ ७ मंसिर
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावलमा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि तामाङ समुदायको एक मौखिक इतिहास “जहाँ बाघ बस्छ“ नामक पुस्तकको विमोचन गरिएको हो ।
नेपाल अष्ट्रेलियन फ्रेन्डसिप एसोसियसन (नाफा)अष्ट्रेलियाका रिर्सच अफिसर डा.डेबरा सेटरलन्ड द्धारा लिखित तामाङ समुदायको एक मौखिक इतिहास सम्बन्धी लेखिएको पुस्तक “जहाँ बाघ बस्छ“ नामको पुस्तक गंगा जमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको प्रमुख आतिथ्यतामा विमोचन गरिएको थियो । जसको विशेष अतिथिहरुमा नाफा अष्ट्रेलियाका अध्यक्ष डा.डेबरा सेटरलन्ड, गंगा जमुना गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सञ्जय बहादुर स्याङताङ, पहाडी क्षेत्र विकास क्लवको संस्थापक अध्यक्ष चन्द्रमान तामाङ रहेको थियो ।
उक्त कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा न. १ , २ र ३ का अध्यक्षहरु र विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका लगाएत स्वास्थ्य शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
उक्त पुस्तकमा नेपालका तामाङ समुदायको इतिहास आदिवासी कला, ज्ञान, सिप, संस्कार संस्कृति, कृषि क्षेत्र र रैथाने बालीको सम्बन्धमा लेखिएको छ । प्रति पुस्तक रु २५० विक्री मुल्य राखेको पुस्तक १५ सय वटा निकालिएको छ ।
उक्त पुस्तक खरिद गरी अध्ययन गर्न इच्छुक व्यक्तिहरुले पहाडी क्षेत्र विकास क्लवसँग सम्पर्क गर्न सकिने यस क्लवका अध्यक्ष कान्छा बहादुर तामाङले रेडियो बिहानीलाई बताउनुभयो ।
उक्त संस्थाले साविकको री गा.बि.स हालको गंगाजमुना गाउँपालिका १ र २ को कृषि स्वास्थ्य र शिक्षा क्षेत्रमा विगत २५ वर्षदेखि उल्लेख्यनिय योगदान पुर्याउदै आईरहेको पहाडी क्षेत्र विकास क्लवका अध्यक्ष तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस