अपिल कोइराला
धादिङ १७ मङ्सिर
धादिङ आवासीय माध्यमिक विद्यालयमा अतिरिक्त कृयाकलाप अन्तरगत मङ्गलबार दुई चरणमा विज्ञान तथा गणित हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विद्यार्थीहरुलाई विज्ञान तथा गणितका विषयमा थप क्रियाशील बनाउने उद्देश्यका साथ आयोजित प्रतियोगिता कक्षा ५–७ र कक्षा ८/९ को दुई वटा छुट्टा छुट्टै चरणमा आयोजना गरिएको हो । प्रतियोगिताबाट कक्षा ८/९ मा आभाष दुवाडीको समूह प्रथम, सन्देश श्रेष्ठको समूह द्धितीय, अनुज सुवेदीको समूह तृतीय र अनिष राज प्रजापतीको समूह सान्त्वना भएका छन् । यस्तै कक्षा ५–७ अन्तरगत भएको प्रतियोगितामा प्रकृष्ठ श्रेष्ठको समूह प्रथम, शुभरत्न तामाङको समूह द्धितीय, सजिना लगुनको समूह तृतीय र सेजल अधिकारीको समूह सान्त्वना भएका हुन् । विजयी विद्यार्थीहरुलाई मेडलद्धारा पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस