धादिङ ४ मंसिर
जिल्ला समन्वय समिति धादिङको आठौं जिल्ला सभा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बिच सभा सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले जन प्रतिनिधीहरुलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ । उहाँले धादिङ जिल्ला विकासको लागि संघिय सरकार प्रादेशिक सरकार र स्थानिय सरकारले एउटै उद्धेश्यका साथ मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । विकासको लागि आफुहरुको क्षमता र पुजीँगत रुपमा खर्च गर्ने रकमलाई ध्यानमा राखेर योजना निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सांसद गोविन्द लम्साल, मायादेवी शर्माको विशेष आतिथ्यता तथा सम्पुर्ण गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र विभिन्न पार्टिका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरि जिल्ला समन्वय समिति धादिङ आठौं जिल्ला सभाको अवसरमा Local Government Institutional Self-Assessment (LISA) मा पहिलो स्थान हासिल गर्न सफल भएको बेनिघाट रोराङ गाउँपालिकालाई सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरेको छ । त्यस्तै नीलकण्ठ नगरपालिकालाई पनि सम्मान गरेको थियो । साथै सबै १३ वटै स्थानिय तहहरुलाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस