धादिङ २९ कार्तिक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ १ नम्बर संघीय निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले पालिका सम्मेलन गर्ने निर्णय गरेको छ ।
आउँदो निर्वाचनमा सबै स्थानीय तहमा जित्ने गरी तयारी थाल्न पार्टीलाई थप सुदृढिकरण र एकतावद्ध बनाउन यस क्षेत्रका ६ वटै स्थानीय तहमा सम्मेलन गर्न लागेको जिल्ला सचिव दिपक लामिछाने ( सुबोध)ले बताउनु भएको छ ।
जिल्ला सचिव सुबोधको अध्यक्षता तथा जिल्ला ईन्चार्ज पुष्पबिक्रम मल्लको प्रमुख आतिथ्यता तथा शालिकराम जम्कटेल, रामबहादुर भण्डारीको विशेष आतिथ्यतामा गजुरीमा भएको बैठकले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १८ गते धुनीबेसी नगरपालिकामा, मंसिर २२ गते बेनीघाट रोराङमा , मंसिर २४ गते गल्छी गाउँपालिकामा ,मंसिर २८ गते गजुरी गाउँपालिकामा, मंसिर २९ गते सिद्वलेक गाउँपालिकामा र मंसिर ३० गते थाक्रे गाउँपालिकामा पालिका सम्मेलन गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस