धादिङ २८ कार्तिक
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ हुने भएको छ ।
‘स्थानिय श्रोतको प्रर्बद्धन गरौं, देश विकासमा टेवा पु¥यौं’ भन्ने मुल नारा सहित यहि मंसिर ५ गतेदेखि मंसिर १५ गते सम्म त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारमा हुने दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ को उद्घाटन पुर्ब प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका २ नम्बर वडा कार्यालयको प्रर्वद्धनमा मेला हुने भएको हो ।
ऐतिहासिक त्रिपुरासुन्दरी मन्दिरको काखमा रहेको नेपाल कै दोस्रो ठुलो टारको रुपमा चिनिएको सल्यानटारमा हुने यो महोत्सवको आकर्षण स्थानीय उत्पादनको प्रदर्शनी, स्थानीय जात जातिको भेष भुसाको प्रदर्शन, स्थानीय कला र संस्कृतिको प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने जनाईएको छ ।
मेलामा राष्टिय कलाकारहरु राजु परियार, पशुपती शर्मा, बद्री पंगेनी, रमेशराज भट्टराई, ज्योती मगर, एलिना चौहान, रामजी खाँड, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, अर्जुन सापकोटा, रिता थापा मगर, देबराज आले मगर, सुरेश बाँनिया, कुमार रणपहेली, रिता कुमाल, आरती आले मगर, लगायत स्थानिय कलाकालरहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । साथै मेलाको अवसरमा महिलाहरुको डोरी तान्ने प्रतियोगीता तथा दोस्रो सल्यान्टार डान्स आईडल पनि हुँदैछ ।
धादिङबेसीबाट ३२ किलोमिटरको दुरीमा रहेको सल्यानटारमा हुने यस महोत्सवमा आन्तरिक सँगै वाह्य पर्यटकलाई समेत आकर्षण गर्न सक्ने गरि व्यवस्थापनमा आयोजक जुटिरहेको छ ।
प्रतिक्रिया दिनुहोस