धादिङ २८ कार्तिक
नागढुंगा सुरुङ्ग मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात संचालन हुने भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यलय धादिङले सुचना जारी गर्दै नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट काठमाण्डौ–धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) क्षेत्रमा स्लोप कटिङ कार्य गर्नु पर्ने भएकाले यहि कार्तिक २९ गते देखि मंसिर ५ गते सम्म बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म दुई तर्फि सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने गरी आंशिक रुपमा यातायात संचालन हुने जानकारी दिएको हो ।
साथै सुचनामा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेकका सवारी साधन संचालनमा आंशिक रुपमा रोक लगाईएको जानकारी दिईएको छ ।
जिल्ला प्रशासन कार्यलय धादिङद्धारा जारी सुचना :
प्रतिक्रिया दिनुहोस