धादिङ २५ कार्तिक
उत्तरी धादिङको रुविभ्याली गाउँपालिका ४ हिन्दुङमा न्यानो कपडा तथा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
शनिबार गाउँपालिकाको वडा नम्बर ४ हिन्दुङमा एक भव्य कार्यक्रमको आयोजना गरि समाजसेवी सूर्य तामाङको पहलमा नेपाल सुनचाँदी व्यवसायी संघ र सोसियल सर्भिस फाउन्डेसन अफ नेपालको आर्थिक सहयोगमा वडा नम्बर ४ स्थितमा रहेको ७५ जना जेष्ठ नागरिक, एकलमहिला, अपाङग, असक्त र असाहयहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
त्यस्तै सोही वडाकै हिन्दुङ आधारभुत विद्यलयमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई झोला ग्याकेट लगायतका अन्य स्टेशनरी सामाग्री समेत वितरण गरिएको विद्यालयले जनाएको छ । जाडो महिनाको सिजन सुरुभएसंगै न्यानो कपडा र स्टेशनरी सामाग्री पाउदा ज्येष्ठ नागरिक विद्यार्थी र अभिभावक खुशी भएका छन् । दुर्गम बस्तीको गाउँसम्मै आईपुगेर सहयोग गरेकोमा सहयोगी दाता तथा संघसस्थालाई प्रति आभारी रहेको स्थानीयको भनाई छ ।
समाजसेवी सुर्य तामाङले सञ्चालन गरिएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सरोज तामाङको सभापतित्व नेपाल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष तार्केल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सोसियल सर्भिस फाउन्डेसन अफ नेपालको अध्यक्ष दावा ग्लान तामाङ निर्वाचित जनप्रतिनिधी वडा सदस्य सार्कीरोङ तामाङ समाजसेवी बुद्धिराम तामाङ लगायत स्थानीयहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस