धादिङ २५ कार्तिक
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा कुकुर बन्ध्याकरण कार्यक्रम संचालन गरिनेभएको छ ।
आईतबार गाउँपालिकाले सुचना जारी गर्दै गङ्गाजमुना गाउँपालिका पशु सेवा शाखा अन्तर्गत रेविज भ्याक्सिनेसन र छाडा तथा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम संचालन हुने जानकारी दिएको हो ।
उक्त जारी सुचनामा गङ्गाजमुना गाउँपालिका वडा नम्बर–६, बसेरीमा कार्तिक २८ र २९ गते बिहान ७ः०० देखि बेलुका ५ः०० बजे सम्म, गङ्गाजमुना गाउँपालिका वडा नम्बर–७, बुढाथुममा कार्तिक ३० गते बिहान ७ः०० देखि बेलुका ५ः०० बजे सम्म कुकुर बन्ध्याकरण कार्यक्रम संचालन गरिने जनाईएको छ ।
साथै सामुदायिक कुकुर समाउन आउने प्राविधिकहरु लाइ आफ्नो टोल छिमेकमा रहेका सामुदायिक कुकुर समाउन सम्पूर्ण पशु प्राबिधिक, समुह/सहकारीका सदस्य, टोल विकास समितिका सदस्य स्थानिय जनप्रतिनिधि, प्रहरी कर्मचारी, अगुवा व्यक्तित्वहरुलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस