धादिङ १६ कार्तिक
उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर –३ मा पुरस्कार वितरण एवम् खेल समापन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
खनियाबास गाउँपालिका वडा नम्बर –३ का वडा अध्यक्ष कमानसिङं तामाङ प्रमुख आतिथ्यता र ठुडे तामाङको विशिष्ट आतिथ्यतामा पुरस्कार वितरण एवम् खेल समापन तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
आदर्श ङर्दिम युवा समाजको आयोजना र कुरि लालुपाते आमा समूहको सहआयोजनामा धादिङको खनियाबास गाउँपालिका ३ स्थित कुरीको कुतिङ खेल मैदानमा कार्तिक ११ गते देखि जारी फुटबल प्रतियोगिताको फाईनल कार्तिक १७ गते हुने भएको छ।
१६ वटा समुह सहभागी उक्त प्रतियोगिताको फाईनल खेल सानो पञ्चेत युवा समाज र भी.जी फुटबल क्लव बीच हुने भएको हो । सेमिफाईलमा सानो पञ्चेत युवा क्लबले अक्थलि युवा क्लबलाई ६–० गोल अन्तरले र भीजी फुटबल क्लबले आयोजक आदर्श ङर्दिम युवा समाजलाई २–० ले हराउँदै फाईनल पुग्न सफल भएका थिए ।
प्रतियोगितामा विजेता हुने समुहलाई १७ गते शनिबार भव्य सांस्कृतिक कार्यक्रमका बीच पुरस्कार वितरण गरिने भएको छ ।
प्रतियोगिताको विजेताले नगद २० हजार २२० ट्रफी र मेडल, द्वितीयले नगद १० हजार ११० र मेडल र तृतीय हुने टिमले नगद ५ हजार ५१५ जित्ने छन् ।
कार्यक्रमका चर्चित मेन्दोमाया गायकहरु युवी मङग्रेसा र राजु तामाङ लगायत स्थानिय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती रहने छ ।
प्रतिक्रिया दिनुहोस