धादिङ १४ कार्तिक
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित मण्डली माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले ८ मुरी धान उत्पादन गरि बिक्री गरिएको छ ।
विद्यालयमा अध्ययन गरिरहेका प्राविधिक धारतर्फका विद्यार्थीहरुले हिउँदे धान ८ मुरि उत्पादन गरी विक्री गरेको हो । पढ्दै कमाउदै भन्ने नारालाई आत्मसाथ गर्दै विद्यार्थीहरुले व्यवसायिक र व्यवाहारिक ज्ञान आर्जन गर्दै आइरहेका छन् ।
गत वर्ष २ मुरि धान उत्पादन गरेको उक्त विद्यालयले यो वर्ष भने जग्गाको क्षेत्रफल बढाएर ८ मुरी धान उत्पादन गर्न सफल भएको छ, उत्पादन भएको धान मुरीको २ हजार ५०० का दरले विक्री गरिएको छ । परालभने च्याउ उत्पादनको लागि राखिएको विद्यालयका प्रधानध्यापक ज्ञानेन्द्र बहादुर कार्कीले रेडियो बिहानीलाई बताउनुभयो । उहाँले तिहार सकिए लगतै च्याउ खेतीलाई पनि बढवा दिने बताउनुभयो ।
प्राविधिक धारतर्फ ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक कक्षा सञ्चालन हुने गर्दछ यसबाट विद्यार्थीहरुले सैद्धान्तिक मात्र नभई प्रयोगात्मक ज्ञान पनि लिन सकिने हुनाले यसबाट भविष्यमा विद्यार्थीहरु आफैले रोजगारीको सिर्जना गरी कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सिकने हुन्छ’–प्रधानध्यापक कार्कीले भन्नुभयो ।
विद्यालयको क्षेत्रभित्र गोलभेडा खेती, काँक्रो खेती तितेकरेला खेती गर्दै आएको छ । काउली साग प्रशस्त पाइन्छ भने अवको केही समयमा नर्सरी खेती गरी प्रशस्त प्याजको वेर्ना उमारी विक्री गरिने विद्यालयले जनाएको छ ।
२०७० सालबाट प्राविधिक विद्यालय सञ्चालन गरेको उक्त विद्यालयमा प्राविधिकतर्फ कक्षा ९ देखि १२ सम्म १ सय ११ विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस