धादिङ ८ कार्तिक
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ मा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार वडा नम्बर १ स्थित री गाउँ माध्यामिक विद्यालय, नारा नेपाल र गंगाजमुना गाउँपालिका वडा न. १ का अध्यक्ष बहादुर तामाङको सक्रिय सहभागितामा फ्रान्सका नागरिकहरुलाई विद्यालयमा भव्य स्वागत गरिएको हो । तर बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बोनार्ड क्रोनको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै लुसेत पासकल गंगाजमुना गाउँपालिकाका प्रवक्ता कुमार बहादुर अधिकारी र शिक्षा अधिकृत मान बहादुर बोहराको विशेष आतिथ्यता रहेको थियो भने र गाउँपालिका भित्रका प्रधानाध्यापक शिक्षक शिक्षिका लगायत विद्यार्थी वृद्ध अभिभावक तथा कलाकारहरले प्रचूर सांस्कृतिक कार्यक्रम समेत गरेको री गाउँ माध्यामिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
प्रधानाध्यापक सिटौलाका अनुसार उक्त फ्रान्सेली नागरिकहरुले विगत ४० वर्षदेखि गंगा जमुना गाउँपालिकाको शिक्षा, स्वास्थ्य, कृषि,वातावरण लगायतका क्षेत्रहरुमा सहयोग गर्दै आईरहेका छन् ।
फोटोहरु:
प्रतिक्रिया दिनुहोस