धादिङ ०८ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
विहिबार वडा नम्बर ८ स्थितमा रहेका सम्पुर्ण जेष्ठ नागरिक, अपाङगता भएको व्यक्ति, दलित तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
वडाको ससाह देउरालीमा डि, नविस्टार, भदुवार, ससाह, ससाहडाडाँ, ज्यामिरे र मैदीभञ्ज्याङका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
त्यस्तै हटिया चौताराबाट मेवाबारी सिमलीघारी,तल्लो हटिया, कैजले, पधेरा, आँपचौर, देउराली, माथिल्लो हटिया, खर्क टोल र वडा कार्यालयबाट गैह्रीगाँउ, कुमालगाँउ, पाटेगाँउ, टारगाँउ, मगरगाँउ, तामाङगाँउ, कोटालिगाँउ, अमरावती, रमिते लगायत वडा कार्यालय पायक पर्ने सबै टोलहरुमा रहेका सम्पुर्ण जेष्ठ नागरिक, अपाङगता भएको व्यक्ति, दलित तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
त्यसैगरि विर्ताबेसी, मनकामना टोल, साघुटार, बगैंचा, अभिषेक टोल र छुट भएका सबै टोलहरुले कार्तिक ९ र ११ गते सम्ममा धादिङबेशी सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट भत्ता लिन सक्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । गाउँ गाउँमा पायक पर्ने स्थानमा जनप्रतिनीधी कर्मचारीको टोली नै पुगी भत्ता सहजै उपलब्ध गराएकोमा नागरिकहरु खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस