धादिङ ४ कार्तिक
श्री तान्द्राङ कोट कालिका पूजा समिति भीमसेन थापा गाउँपालिका वडा नं.–२ तान्द्राङ गोरखा को १८ औ साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।
पूजा समितिका अध्यक्ष पिताम्बर लामिछानेको अध्यक्षता रहेको साधारण सभामा भीमसेन थापा गाउँपालिका वडा नं.–२ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराईको प्रमुख अतिथ्यता रहेको थियो ।
वडा नं.–३ का वडा अध्यक्ष ऋषिराम लामिछानेको विशेष आतिथ्यता रहको कार्यक्रममा समितिका सचिव रामचन्द्र लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोषाध्यक्ष यदु प्रसाद लामिछानेले कार्यक्रमको सहजीकरण गर्नूभएको थियो ।
तान्द्राङकोट कालिका पूजा समितिको ५ औं अधिवेशन बाट रामचन्द्र लामिछाने अध्यक्ष रहने ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । नव गठीत कार्य समितिको उपाध्यक्षमा खग प्रसाद लामिछाने, सचिवमा दिपक प्रसाद भट्ट र कोषाध्यक्षमा यदु प्रसाद लामिछाने रहुन भएको छ । त्यस्तै सदस्यहरुमा कमल प्रसाद भट्ट, रामप्रसाद भट्ट, ज्ञान प्रसाद भट्टराई, सुरेश अंगाई, सिताराम लामिछाने, रोहित धिताल र डिल बहादुर लामिछाने निर्वाचित हुनुभएको छ । त्यस्तै गरी तान्द्राङकोटको बृहत्तर विकास गर्ने उद्देश्यले पूजा समितिलाई विकास समिति बनाउन योग बहादुर लामिछाने संयोजक रहने गरी ५ सदस्यीय विद्यान संसोधन उप–समिति गठन गरिएको छ । सदस्यहरुमा दिपक भट्ट, राम चन्द्र लामिछाने, विमल राज शाक्य, र १ जना अधिवक्ता पछि थप गरिने भएको छ ।
पिताम्बर लामिछाने संयोजक रहने गरी ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यहरूमा सुजन सिंम्खडा, भूमी प्रसाद आंगाई, खडानन्द सुवेदी, र कृष्णा बहादुर लामिछाने रहनु भएको छ ।
भीमसेन थापा गाउँपालिका वडा नं.–२ का वडा अध्यक्ष नारायण प्रसाद भट्टराई वडा नं. ३ का वडा अध्यक्ष ऋषिराम लामिछाने र वडा नं.–४ का वडा अध्यक्ष घन बहादुर तामाङ पुजा समितिका संरक्षक रहनु भएका छन् ।
प्रतिक्रिया दिनुहोस