धादिङ २४ असोज
“स्वस्थ को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद “भन्ने मूल नारा को साथ सामाजिक एकता , मनोरञ्जन र स्वस्थ जीवनयापन को लागि खेलकुद मार्फत उजागर गर्ने उद्देश्य ले २०८१ सालको विजय दशमीको पावन अवसर पारेर यही असोज २३ गते मंगलबार देखि कार्तिक १ गतेसम्म कुपा युवा समाज ,नीलकण्ठ –१४ ,द्वारा चौथो 7A साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु गरिएको छ ।
उत्त प्रतियोगितामा ४० टिमको सहभागिता भएको छ । कुपा युवा समाजको अध्यक्ष हर्क गुरुङ्गको अध्यक्षतामा सुरु भयको प्रतियोगिताको उत्घाटन निलकण्ठ न.पा . १४ का वडा अध्यक्ष नबराज दुवाडीले गर्नु भयो ।
मंगलबार भएको ३ खेलमा पहिलो खेल विद्यार्थी उपकार संघ ( पात्ले ) विरुद्ध कुपा युवा समाजको विद्यार्थी २–० ले बिजयी भएको छ । दोस्रो खेलमा भँगेरी युवा क्लबले फलाटे युवा क्लब (ए) लाई १–० ले हरायो साथै तेस्रो खेलमा बिहानी युवा क्लब ०–२ हराउँदै डुप्चे युवा क्लब अर्को चरणमा पुगेको छ ।
मंगलबार ४ खेल हुने भनियता पनि सेलडाडा युवा क्लब खक जलकन्या युवा क्लब (ए) बिच हुन पर्ने खेलमा सेलडाडा युबा क्लब अनुपस्थित भए पछि जलकन्या युवा क्लब (ए) स्वत विजयी भएको थियो ।
यस चौथो कुपा कप प्रतियोगिताको फुटबल तर्फको प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०र१० हजार रहेको छ । कुप कप फुटबलको फाईनलको दिन (कार्तिक १ गते) हुने १० किलोमिटर खुला मिनी म्याराथनको प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस