धादिङ १४ मङ्सिर
कलश बचत तथा ऋण सहकारी संस्था सहकारीको विधि अनुसार अगाडि बढे गाउँपालिकाले बिशेष सहयोग गर्ने बेनिघाट रोराङ गाउँपालिकाका प्रमखु हरि डल्लाकोटीले बताउनु भएको छ । शनिवार बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु धादिङमा कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डल्लाकोटीले सो कुरा बताउनु भएको हो । वि.सं २०६३ जेष्ठ १८ गते विधिवत रुपमा कलश वचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको हो । यस संस्थाको २०७६ असार मसान्त सम्म ६६ जना महिला ४ सय २१ जना पुरुष गरी कुल ७ सय ८७ जना शेयर सदस्य रहेका छन् । यस संस्थाको कुल शेयर पुँजी रु ८२ लाख ५८ हजार ७ सय रहेको छ भने रु ३० लाख ७९ हजार ४ सय ६२ खुद बचत गर्न सफल भएको छ । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव नवराज पाण्डेले संस्थाका भावी कार्यक्रहरुको आर्थिक प्रतिवेदन र कोषाध्यक्ष कमल बराकोटी संस्थाको आय ब्यायको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष फुलचन्द श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमखु हरि डल्लाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कायर्यक्रमा जिल्ला सहकारी संघका अध्यक्ष टाप बहादुर श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवी प्रसाद सिलवाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस