धादिङ १९ असोज
सहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पार्बती राई खाँणको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्र सञ्चालक समिति सदस्य तथा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज शर्मा साना किसान सहकारी संघका व्यवस्थापक सितादेवी खनाल तथा नेफ्स्कुनका सदस्य शम्भुप्रसाद घिमिरेको विशेष आतिथ्यता रहेको थियो । विभिन्न सहकारीका अध्यक्ष तथा सचिवहरुको आतिथ्यता रहेको थियो ।
२०५७ साल श्रावण ९ गते विधीवत रुपमा दर्ता भई ३९ जनाबाट सुरु भएको उक्त सहकारी २५ औँ वार्षिक साधारण सभा सम्म आइपुग्दा शेयर सदस्य ४१२५ जना र बाल सदस्य २२३२ जना रहेको कुरा अवगत गराउँदै शेयरपूँजी रु २ करोड ३६ लाख ८० हजार ४ सय र ऋण लगानी रु १५ करोड २७ लाख ३६ हजार ७ सय ९५ रुपैँया र सञ्चालन मूनाफा रु ३४ लाख ४५ हजार ६ सय एक रुपैँया रहेको छ ।
साथै संस्थाबाट ऋण लिएर कारोवार गर्ने सदस्यहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले साधारण सभाकै अवसर पारेर १५ जना असल ऋणी, असल शेयर सदस्य र असल बचत कर्ता छनौट गरी सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस