कृष्णा वहादुर लामिछाने
(वरिष्ठ संवादाता)
काठमाण्डौ १९ असोज
नागार्जुन भ्याली एकेडेमी निजी शैक्षिक गुठी नागार्जुन १ काठमाण्डौको १६औं वार्षिक साधारण सभा नागार्जुन भ्याली एकेडेमीको सभाहलमा सम्पन्न भएको छ ।
५७ जना गुठीया सदस्यहरु द्वारा संचालित उक्त नागार्जुन भ्याली एकेडेमीमा ५४७ जना छात्र छात्रा र पूर्णकालिन र आंशिक समेत ४७ जना शिक्षक शिक्षिका रहेका छन् । साधारण सभा मा विद्यालयका प्राचाय उध्दव नारायण हुमागाईले विद्यालयको बर्तमान शैक्षिक गतिविधी र आगामी दिन मा विद्यालयले गर्नु पर्ने थप शैक्षिक कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
निजी शैक्षिक गुठीका सचिव भीम प्रसाद पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुदै ५७ जना गुठीया शेयर सदस्य रहनु भएको उक्त निजी शैक्षिक गुठीको शेयर पूँजी रु २,३५,२३ ५७५ रहेको र आ.व. २०८०÷२०८१ को यथार्थ आम्दानी रु २,८८, ६३, ८२० र खर्च रु २,८४,६७,४७६ भएको जानकारी गराउनुभयो । साधारण सभाको अध्यक्ष समेत रहनु भएका नागार्जुन भ्याली एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष. ई. होम नाथ पोखरेलले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्षको समष्टिगत रुपमा प्रतिवेदन प्रस्तुत गर्नु हुदै, विद्यालयलाई वर्तमान अवस्थामा ल्याउन सहयोग गर्नु हुने सबै सरोकार पक्षलाई धन्यवाद दिनु भयो।
साथै यस विद्यालय लाई २१ औ शताब्दि को गुणस्तरीय शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न एउटा अब्बल विद्यालयको रुपमा रुपान्तरण गर्न सरोकार वालाको सहयोगको अपेक्षा र विद्यालयको प्रतिवद्धता जनाउनु भयो । शैक्षिक सुधार तथा व्यवस्थापन उप–समितिका संयोजक दिपक अधिकारीले सहजिकरण गर्नु भएको कार्यक्रमा निजी शैक्षिक गुठीका उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
नागार्जुन भ्याली एकेडेमी निजी शैक्षिक गुठी एवं विद्यालय व्यवस्थापन समितिका अध्यदा ई. होमनाथ पोखरेल को अध्यक्षता रहेको कार्यक्रममा निजी शैक्षिक गुठीका सदस्यहरु, विद्यालय व्यवस्थापन समितीका सदस्यहरु, लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरु, शैक्षीक सुधार तथा व्यवस्थापन उप समितिका सदस्यहरु, सल्लाहकार समितिका सदस्यहरु, पदपूर्ति उप समितिका सदस्यहरु, खरिद उप समितिका. सदस्यहरु र निजी शैक्षिक गुठीका सदस्यहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस