धादिङ १८ असोज
धादिङको नीलकण्ठ नगरपालिकामा बजार अनुगमन तिब्र पारिएको छ ।
शुक्रबार नगरपालिकाको ३ नम्बर वडाको सिरान बजार क्षेत्रमा नगर उपप्रमुख दिपक विश्वकर्माको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । चाडपर्वलाई लक्षित गरि नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बजार क्षेत्रका मार्ट, मासुपसाल, किराना पसल, मदिरा पसल लगायतका खाद्यन्न सामानहरुको अनुगमन गरिएको नगर उपप्रमुख दिपक विश्वकर्माले बताउनुभयो । म्याद गुज्रिएको सामग्रीको नष्ट गरि म्याद सकिएको समान राख्नेलाई आवश्यक कानुनी जरिवना समेत गरिएको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
उक्त अनुगमनका क्रममा बजारमा व्यवसाय दर्ता तथा नवीकरण , बजार मुल्य , म्याद गुज्रिएको बस्तुको अनुगमन र बिक्रेता तथा उपभोक्ताहरुलाइ सचेतना, सतर्कता तथा सल्लाह सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस