धादिङ १७ असोज
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ३ मा बजार अनुगमन गरिएको छ ।
विहीबार गाउँपालिकाको वडा नम्बर ३ स्थितको पोखरा, चिम्चोक, बर्धनका सम्पूर्ण पसलहरुमा अनुगमन गरिएको हो । विशेषगरि चाडपर्वलाई लक्षित गरी जनताहरुको स्वस्थ्य अवस्थालाई मध्यनजर गदैँ अनुगमन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष राज कुमार गुरुङले रेडियो बिहानीलाई जानकारी दिनुभयो ।
उहाँले गाउँपालिकाले निषेध गरिएको आयातित प्लाष्टिकका मदिरा र म्याद गुज्रिएको सामाग्रीहरु जफत गरी अनुगमन टोली र गाउँलेहरुको सहभागीतामा उक्त सामाग्रीहरु नष्ट गरिएको वडा अध्यक्ष रगुरुङले बताउनुभयो ।
उक्त अनुगमनमा गंगाजमुना गाउँपालिका वडा नम्बर ३ र ४ का जनप्रतिनिधी, इलाका प्रहरी कार्यालय फूलखर्कका टोली, गाउँप्रहरी, पालिकाका कर्मचारीहरुको संयुक्त उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस