धादिङ १७ असोज
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गंगाजमुना गाउँपालिका समितिको आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
विहीबार गाउँपार्टी समितिको आयोजनामा वडा दशैँ, दीपावली, नेपाल सम्वत तथा छठ पर्व २०८१ सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
गंगाजमुना गाउँपालिका पार्टी अध्यक्ष रामेश्वर सिंखडाको सभाध्यक्षता, माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, बागमती प्रदेश सचिवालय सदस्य दल बहादुर बुर्लाकोटी (बिजय) को बिशेष आतिथ्यता र बागमती प्रदेश सदस्य तथा गंगाजमुना गाउँपालिका पार्टी इन्चार्ज नवराज अधिकारी क्षेत्रीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमकै अवसरमा गाउँपार्टी समितीको विस्तारित वैठक समेत बसेको थियो उक्त वैठकबाट राजनैतिक साङगठानिक,स्थानीयतह बिकासमा माओवादी केन्द्रको निगरानी लगायतको विषयमा छलफल भएको थियो ।
कार्यक्रममा पार्टीको माथिल्लो कमिटिको निर्देशन अनुसार आगामी कार्ययोजनाहरु पनि तय गरिएको थियो । बैठकमा केही दिन यता असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण दिवांगत हुनुभएका मृतक प्रति हार्दिक समावेदना प्रकट गर्ने निर्णय गरिएको छ । कार्यक्रममा प्रमुख अतिथी र बिशेष अतिथिले वर्तमान पार्टीको कार्ययोजना प्रस्तुत गदैँ बैठकमा उपस्थित सम्पूर्णलाई प्रशिक्षित गर्नुभएको थियो ।
उक्त कार्यक्रममा पालिका कमिटिका जिम्मेवार सदस्यहरु, वडाका पार्टी अध्यक्ष, जबस मोर्चाका अध्यक्ष लगायतको उपस्थितीमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको गाउँपार्टी अध्यक्ष सिम्खडाले बताउनुभयो । कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै पार्टीको गहन बिषयहरुमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस