धादिङ १५ असोज
उत्तरी धादिङको खनियावास गाउँपालिकामा विद्यार्थीलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार वडा नम्बर ५ स्थितमा रहेको बच्छला देवी माध्यमिक विद्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिती अध्यक्ष राजु पाख्रिनको सभाध्यक्षता गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, वडा नम्बर ५ का वडा अध्यक्ष रविन कुमार तामाङको विशिष्ट अतिथिमा सम्पन्न भएको हो ।
उक्त विद्यालयमा अध्ययन गरि एसईई (SEE ) मा उतीर्ण गर्न सफल विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको थियो । सो विद्यालयमै कक्षा १२ को अध्ययन पुरा गरि उच्च शिक्षाको लागि बाहिरीएको विद्यार्थीलाई उज्वल भविष्यको कामना गरि सम्मानका साथ विदाई गरिएको बच्छलादेवी माध्यमिक विद्यालयले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एबम् गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले एसईई (SEE ) मा उतीर्ण गर्न सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कक्षा १२ अध्ययन पुरा गरि उच्च शिक्षाको लागि बाहिरीएको विद्यार्थीलाई उज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गर्नुभयो ।
गाउँपालिकाले गुणस्तरीय व्यवहारिक तथा निशुल्क शिक्षामा जोड दिई काम गरिरहेको स्पष्ट पार्नुभयो । संबृद्ध खनियावास गाउँपालिका निर्माण गर्न अनुशासित र शिक्षित व्यक्तिको आवश्यकता रहेकाले गाउँपालकाले शिक्षामा भरपुर लगानी गरिहेको बताउनुभयो । ‘गाउँपालिको कृषि स्वास्थ्य,शिक्षा, पर्यटन, स्वरोजगारमुलक तालिमलाई प्राथमिकताका साथ आम जनसमूदायमा पुग्ने गरि काम गरिरहेको छु’–अध्यक्ष तामाङले भन्नुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले दश वर्षे महान जनयुद्ध र विभिन्न राजनैतिक आन्दोलनले स्थापना गरि संस्थागत गरिएको व्यवस्थाले शैक्षिक सुधार र गुणस्तर संगै भ्रष्टचारमुक्त, सुशासन र संबृद्ध समाज बिकासका वहस हरेक व्यक्तिको मन मस्तिष्कमा पुग्ने गरि पैदा गराएको बताउनुभयो ।
स्थानीय तह सरकार खनियावास गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा समावेशी तथा समान पहुँच हुनेगरि शैक्षिक बिकास गरिरहेको स्पष्ट पार्नुभयो । –‘खनियावास जस्तो दुर्गम वस्तीबाट शैक्षिक स्तर हासिल गर्ने सबै विद्यार्थीहरुले भविष्यमा देश बिकास गर्न महत्वपुर्ण योगदान गर्नेछ, तर विद्यार्थीहरुको सकरात्मक सोच र सहि संगत हुन जरुरी छ’–उपाध्यक्ष तामाङले भन्नुभयो ।
त्यसैगरि वडा अध्यक्ष रविन कुमार तामाङले एसईई ( SEE) मा उतीर्ण गर्न सफल विद्यार्थीहरुलाई बधाई दिदै कक्षा १२ अध्ययन पुरा गरि उच्च शिक्षाको लागि बाहिरीएको विद्यार्थीलाई उज्वल भविष्यको शुभकामना दिनुभयो ।
विभिन्न सास्कृतिक कार्यक्रमको भव्य प्रस्तुती रहेको कार्यक्रममा गाउँ शिक्षा समिती, वडा शिक्षा समिती, जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी, विद्यालयका प्रधानध्यापक, शिक्षक शिक्षिका विद्यार्थीहरु, अभिभावक, स्थानीय नागरिकहरुको भव्य सहभागीता रहेको थियो । बच्छलादेवी माविमा कक्षा १२ मा व्यवस्थापन र शिक्षा संकायमा अध्ययन गराउदै आएको छ ।
प्रतिक्रिया दिनुहोस