धादिङ १२ असोज
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित लैतक गाउँमा पहिरो खस्दा २ घरमा क्षती पुराएको छ ।
तिन देखिको लगातार बर्षातको कारण लैतक गाउँमा पहिरोले गोठ बगाउँदा एउटा दुध दिदै गरेको गाइ मृत्यु भएको छ । पहिरोले पुरिएको भैंसी भने उद्वार गरिएको छ ।
उक्त गाउँका कृष्ण चेपाङ र अर्जुन चेपाङको घर पुर्ण रूपमा उच्च जोखिम भएको वडा अध्यक्ष बिकास प्रजाले रेडियो बिहानीलाइ बताउनुभयो ।“पहिरोले उक्त गाउँमा पशु चौपायाको क्षतिसंगै घरनै जोखिम हुँदा दुःख लागेको छ,घरमा बस्ने मानिसहरुलाइ सुरक्षित स्थान सारेको छ । बास्तबिकता के हो त्यो अनुगमन गर्न केहि बेरमै म जादैछु र आवश्यक सहयोगको वातावरण मिलाउनेछु“वडा अध्यक्ष प्रजाले भन्नुभयो ।
अविरल बर्षाले देशभर भौतिक तथा मानवीय क्षती हुने क्रम बढदै गएको हुँदा सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस