धादिङ ११ असोज
नागढुंगा–मुग्लिन सडक खण्डको १० भन्दा बढी ठाउँमा बिहिबारदेखिको अबिरल वर्षा कारण लेदो र पहिरो खसेपछी अवरुद्ध भएको छ ।
शुक्रबार दिनभर वर्षा भइरहेको र राजमार्ग पार गरेर जान नसकिने अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
धुनिबेसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका राजमार्ग अवरुद्ध भएको छ ।सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।
सडकमा लेदो थुप्रिएका कारण मोटरसाइकल समेत पार गर्न नसक्ने अवस्था आएको छ भने पहिरो पन्छाउन समेत निरन्तर वर्षा भएको र लेदो आइरहेकोले नसकिएको प्रहरीले जनाएको छ।
सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको छ। यसैगरि नागढुंगा नौबिसे क्षेत्रको अन्य भागमा समेत पहिरो लडेकोले राजमार्ग अवरद्ध भएको छ ।
खत्रिपौवा, महादेबबेसी, कोइराले आदी स्थानहरुमा सडकमा पहिरो आएपनि हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक प्रल्हाद सिलवालले जानकारी दिनुभयो।
मलेखु, हिलटप, फुर्केखोला क्षेत्रमा पनि पहिरो खसेकाले सडक अवरुद्ध भएको छ ।
जोगिमारा क्षेत्रमा समेत सडक माथीबाट लेदो आएपछि राजमार्ग अवरुद्ध रहेको प्रहरी निरिक्षक सिलवालले जानकारी दिनुभयो।
निरन्तर वर्षा र पहिरोले राजमार्गमा जताततै यातायात साधन रोकिएका छन् । यात्रु अलपत्र छन् भने लाइफलाइन मानिएको राजमार्ग बन्द भएको छ ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस