धादिङ ११ असोज
उत्तरी धादिङको विभिन्न गाउँपालिकाहरुमा मोबाइल टावर तथा ईन्टरनेटको समस्याले टेलिफोन सम्पर्कबाट सम्बन्ध बिच्छेद भएका छन् ।
विशेषगरि रुबिभ्याली गाउँपालिका, गङ्गाजमुना र खनियाबास गाउँपालिकाका केही स्थानहरुमा बर्षातको समय र पुस माघमा तुवाँलोले ढाक्दा मोबाइल नेटवर्क तथा वाइफाइ नेटवर्कमा समस्या उत्पन्न भै बिगत ३ दिन देखी सम्पर्क बिहिन भएको स्थानीयको भनाइ छ । नेपाल टेलिकम धादिङलाई पटक पटक अनुरोध गर्दापनि प्राबिधिक कारण देखाउदै पन्छिरहेको स्थानीयको गुनासो छ ।
अझैसम्म पनि विद्युतको केन्द्रिय प्रसारण लाइन यी क्षेत्रको सबै भुभागमा बिस्तार हुन नसक्दा सोलारबाट मोबाइल नेटवर्क संचालन गर्ने गरेको छ ।
मोबाइल टावरमा समस्या पैदा हुँदा विभिन्न संघसंस्था, सरकारी कार्यालय लगायतमा हुने दैनिकी कामकाज ठप्प हुँदा स्थानीय झन मर्कामा परेका छ्न । इमर्जेन्सी बिरामी र प्राकृतिक बिपदको बेलामा त झनै जटिल समस्याको सामना गर्नु पर्ने बाध्यता छ ।
नेपाल टेलिकम धादिङलाई पटक पटक मोबाईल टावरको बिषयमा जानकारी गराउदा पनि चासो नदेखाएको रुबिभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले रेडियो बिहानी बताउनुभयो । प्राबिधिक समस्या हल गरि सेवाग्राहीहरुलाई उचित सेवा प्रदान नगर्नु नेपाल टेलिकम गैरजिम्मेवार भएको अध्यक्ष तामाङको भनाइ छ ।
प्रदेश तथा संघीय माननीयहरुको गाउँपालिका भनेर चिनेने रुबिभ्याली गाउँपालिका सूचना तथा संचार सेवाबाट सम्पर्क बिहिन हुँदा जनताले गुनासोको चाङ बनाएको छ यसबारे जनप्रतिनिधिहरु गम्भीर हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस