धादिङ ९ असोज
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा वडा स्तरिय कृषि उपज संकलन, प्रशोधन तथा बजारीकरण समिती गठन गरिएको छ ।
वडाले बुधबार एक कार्यक्रमका बिच कृषि व्यवसायी बिष्णुहरि लम्सालको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरिय कृषि उपज संकलन, प्रशोधन तथा बजारीकरण समिती गठन गरिएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सम्पुर्ण कृषकहरूको कृषि तथा पशु उपजहरुको संकलन गरि प्रशोधन गरि बिक्री वितरण गर्ने प्रवन्ध मिलाउने उद्देश्यका साथ समिति गठन गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बुधबार गठन गरिएको समितिले सबै खाद्यान्न, तरकारी, पशु तथा फलफुलजन्य उत्पादनको स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गरि सबै कृषि उपजको बिक्री वितरणको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
त्यसैगरि वडाले उत्पादनको आधारमा अनुदान, कृषि उपज ढुवानीको लागि आवश्यक कृषि एम्बुलेन्स, तथ्यांक र दैनिक कार्य सन्चालन व्यवस्थापनका लागि अन्लाईन सफ्टवेयर, कृषि संकलन केन्द्र र मुख्य संकलन केन्द्रको लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस