धादिङ ३ असोज
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा शैक्षिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
संविधान दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विहीबार गाउँपालिकाको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको अध्यक्षता बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री प्रतिनिधीसभा सदस्य राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सांसद मायादेवी शर्मा, गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, १० वटै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरे, शिक्षा प्रेमी व्यक्तित्व लगायतको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा १० वटै वडाका कक्षागत विषयगत क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षक विद्यार्थी अभिभावक र एसईई नतिजामा उत्कृष्ट ल्याउन सफल सामूदायिक तथा संस्थागत विद्यालय, गाउँपालिकाका उत्कृष्ट कर्मचारी तथा गाउँपालिकाबाट सञ्चालित विभिन्न कार्यक्रममा सहभागी प्रतिष्पर्धी व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।
शिक्षामा सुधार प्रगतीको आधार भन्ने मुल नारा र ‘‘ज्ञान विज्ञान सीप, उद्यम मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’’ भन्ने उद्धेश्यका साथ वेनीघाट रोराङ गाउँपालिकाले देशभरकै स्थानीय तहमध्ये नमुना शैक्षिक सुधारका आयामहरु बिकास गर्दै समुन्नत समाज र निःशुल्क तथा पहुँचयुुक्त शिक्षा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस