धादिङ ३ असोज
सदरमुकाम धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा बिहीबार भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् ।
संविधान दिवसको अवसरमा नीलकण्ठ नगरपालिका र पत्रकारविच भएको मैत्रीपूर्ण खेलमा एक गोल अन्तरले पत्रकारको समुह विजयी भएका हुन् ।
मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारको समूहले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए । संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।
‘नीलकण्ठ नगरपालिका तथा हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनाउन यो मैत्रीपूर्ण फुटसल खेलले ठूलो भूमिका खेलेको छ । आगामी दिनमा पनि हरेक क्षेत्रमा समझदारी तथा समन्वय गरिने सुवेदीले बताउनुभयो ।
संविधान दिवसको अवसरमा पत्रकारसँग नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण खेलले प्रतिस्पर्धा भन्दा पनि स्थानीय सरकार र सञ्चार माध्यम तथा पत्रकारविच हरेक क्षेत्रमा संगसँगै रहेको सञ्देश दिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस