धादिङ ३ असोज
लाङघाली डेन्टल क्लिनिकको तेस्रो वार्षिक उत्सव सम्पन्न भएको छ ।
विहिबार स्थापना दिवस एवं संविधान दिवसको अवसरमा दाँत,मुखको निशुल्क परिक्षण एवं दाँत सम्बन्धी औषधी र सामाग्रीहरु वितरण गरेको छ ।
कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्सालले स्थापना दिवसको शुभकामना दिनुहुँदै डेन्टलले सेवा प्रदान गरेर अत्यान्त महत्वपूर्ण काम गरिरहेको बताउनुभएको छ ।
पछिल्लो समयमा युवा पुस्ताहरु विदेश पलायन भईरहेको समयमा डेन्टल संचालन गरेर सेवा प्रदान गरिरहेकोमा खुशी व्यक्त गर्नुभएको छ । साथै महिलाले अवसर पाएमा केहि गर्न सक्छन् भन्ने कुरा छर्लङ पारेको बताउनुभयो ।
कार्यक्रममा लाङघाली डेन्टल क्लिनिकका संचालक डा.रचना रेशमी गिदेल मगरले डेन्टलले विगत ३ वर्षदेखि गर्दै आएका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो । साथै हालसम्म ७ सय भन्दा बढि विरामीहरुले सेवा लिईसकेको बताउनुभयो ।
यसैगरी स्थापना दिवसकै अवसरमा अभिभाकत्वको जिम्मेवारी निर्वाह गरिरहनुभएका यदु बहादुर रेशमी, अमृता रेशमी र हरिशंकर गिदेल मगरलाई सम्मान गरिएको थियो ।
विगत २ वर्षदेखि डेन्टलमा कार्यरत कर्मचारी सुस्मिता श्रेष्ठ र संगिता थापालाई मायाको चिनो प्रदान गरिएको छ ।कार्यक्रममा आमाको माया छात्रावास र स्वाबलम्वी बहिरा आधारभुत विद्यालयका बालबालिकाहरुलाई दन्त सम्बन्धी सामाग्री प्रदान गर्नुका साथै स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस