काठमाण्डौं २ असोज
कृष्णा वहादुर लामिछाने
(बरिष्ट सम्वाददाता)
जनसुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड नागार्जुन नगरपालिका १ काठमाण्डौंको १६ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेसन नमोबुद्ध पार्टी प्यालेस नागार्जुन १ काठमाण्डौंमा सम्पन्न भएको छ ।
संस्थाका शेयर सदस्यहरुको साना साना पुँजी लाई एकत्रीत गरी आफ्ना शेयर सदस्यहरूलाई विभिन्न व्यावसायमा सुलभ ब्याजदरमा ऋण प्रवाह गरी सदस्यहरूको आय आर्जनमा वृद्धि गरी जीवन स्तर उठाउने उद्देश्य राखेको यस संस्थामा कुल शेयर सदस्य संख्या सात सय उनान्सय जना रहेका छन् ।
नागार्जुन नगरपालिकाको १० वटै वडा र काठमाण्डौ महानगर पालिकाको १६ नं. वडालाई आफ्नो कार्य क्षेत्र बनाएको यस संस्थाले आफ्ना शेयर सदस्यहरूलाई शिक्षा, स्वास्थ्य, सामाजिक, सुरक्षा, व्यापार व्यवसाय आदीमा लगानी गरेको संस्थाको
पूँजी तथा दायित्व तर्फ
शेयर पूँजी रु ४,८९,९०,४००
कोष हिसाब रु २,७१,३५,८७०.७४
बचत तथा निक्षेप रु १६,९५,९८,५०३.५१
चालू दायित्व तथा व्यवस्था रु ४८,१७,३२६.९६
कर दायित्व रु १५,११,०६९.५५
स्थगनका दायित्व रु २,१५,१५१.१३ रहेको छ ।
त्यस्तै सम्पति तर्फ–
नगद रु २३,३५,९१३.७३
बैंक मोज्दात रु ७,७६, ५६०१३.४९
लगानी रु १,००,३६,०००,
कर्जा सापट रु १४,१५,१९,४८५
अमुर्त सम्पती ६२,८३३,
पाउनु पर्ने हिसाव रु ३६, ३०७१९.२१,
सम्पति तथा उपकरण रु १,७०,२७,३५७.४६ रहेको छ ।
आ.व २०८०/२०८१ मा संस्था को खुद नाफा रु १,०२,४५,०४६.८३ पैसा रहेको छ । संस्था का सचिव गुण प्रसाद न्यौपानेले सहजिकरण गर्नु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत भएका नागार्जुन नगर पालिका वडा नं. १ का वडा अध्यक्ष रामेश्वर लामाले सभालाई सम्बोधन गर्नुहुदै समुदायका सदस्यहरु मिली सञ्चालन गरेको यस सहकारीबाट हरेकको लागी एक र एकको लागी हरेक भन्ने सहकारीको आदर्श वाक्यलाई यस सहकारीले पूरा गरेको र नगरपालिका कै सहकारीको मर्म अनुरुप सञ्चालन भएको, नमुना योग्य सहकारीको रुपमा रहेका उल्लेख गर्दै यस सहकारी संस्थाको विकासको लागी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमा सदैव आफ्नो सहयोग रहने बताउनुभयो ।
संस्थाको अध्यक्ष जगदीस प्रसाद ओझाको अध्यक्षता रहेका कार्यक्रममा नागार्जुन नगर पालिका वडा नं १ का वडा अध्यक्ष रामेश्वर लामाको प्रमुख अतिथ्यता रहेको थियो ।त्यस्तै विभिन्न सहकारी संस्थाका प्रमुख एवं प्रतिनिधि, संघ सस्थाका प्रतिनिधी, निर्वाचित जन प्रतिनिधीहरुको विशेष अतिथ्यता रहेको कार्यक्रममा संचालक समितिका सदस्यहरु सल्लाहकार समितिका सदस्यहरु, लेखा समितिका सदस्यहरु र शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
संस्थाको ५ औं अधिवेसनबाट अर्जुन अधिकारी अध्यक्ष रहने गरी ११ सदस्यिय नयाँ कार्य समिति गठन गरिएको छ । नव गठीत कार्य समितीको उपाध्यक्षमा गोमा भण्डारी (बल्छौडी), सचिव गुण प्रसाद न्यौपाने, कोषाध्यक्ष कृष्ण कुमार अधिकारी सदस्यहरूमा, बलराम तिवारी, कल्पना लामिछाने, मोहन वहादुर लामिछाने, सागर खतिवडा, जुना खड्का, थल प्रसाद सिंखडा र निर्मला धमला चयन हुनु भएको छ ।
ज्योति प्रसाद पौडेल संयोजक रहने गरी ३ सदस्यिय लेखा समिति गठन गरीएको छ । नवठीत समितिको सदस्यमा ध्रुव बावु श्रेष्ठ र सिता नेपाल रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस