धादिङ १ असोज
धादिङको गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ मा प्लाष्टिक जन्य मदिरा निषेध गरिएको छ ।
भाद्र ३१ गते एक सुचना सार्वजनिक गर्दै गङ्गाजमुना गाउँपालिका वडा नं.३ भित्र प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गरिएको जनाएको हो ।
वडाबाट जारी गरिएको सूचनामा कोहि कसैले सूचनाको नियम उल्लङ्घन गरेमा निषेधित प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसार पसार विक्रि वितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने जानकारी गराईएको छ ।
साथै उक्त अभियानलाई थप प्रभावकारी बनाउन सोही वडाको जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, महिला समुह, स्थानिय बुद्दिजिवि, समाजसेवी, टोल विकास समितिका अध्यक्ष, अभिभावक लगाएत सम्पूर्णको सहभागितामा प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसार पसार, विक्रि वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गर्न गराउनको लागि आग्रह गरिएको छ ।
साथै सूचना प्रकाशित मिति बाट १५ दिन भित्रमा मदिरा पेय पदार्थ विक्रि वितरण तथा फिर्ता गरिसक्नु पर्ने र अन्यथा बजार अनुगमन आउदा निषेधित सामग्री भेटिएमा अनुगमन समिति जवाफ देहि नहुने वडा अध्यक्ष राज कुमार गुरुङले जानकारी दिनुभयो ।
गङ्गाजमुना गाउँपालिका वडा नं.३द्धारा जारी सूचना
प्रतिक्रिया दिनुहोस