धादिङ २९ भाद्र
न्यु किबो बोर्डिङ स्कुलमा विश्व प्राथमिक उपचार दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
शनिबार नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाको समन्वय र युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङको आयोजनामा प्राथमिक उपचार सम्बन्धि विभिन्न अभ्यासहरु गरेर विश्व प्राथमिक उपचार दिवस मनाएको हो ।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङको अध्यक्ष सन्जिवनी श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका मन्त्री नेम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङ विशिष्ट आतिथ्यता रहेको थियो भने विद्यालय प्रधानाध्यपक तथा युवा रेडक्रस सर्कल, न्यु किबो बोर्डिङ संरक्षक, नेपाल रेडक्रस सोसाइटी, धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक तथा यु. रे. स. न्यु किबो बोर्डिङका संरक्षक प्रयास रेग्मिले केही समय अघि न्यु किबो बोर्डिङमा सम्पन्न भएको दुई दिने प्राथमिक उपचार सम्बन्धी तालिमलाई पुर्नताजगी गराउने हिसाबले उक्त कार्यक्रम गर्न फेरि पनि न्यु किबो बोर्डिङलाई अबसर दिएकोमा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्न विद्यालयलाई सहयोग र समन्वय गरिदिनको लागि नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखालाई आग्रह समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस