धादिङ २९ भाद्र
मण्डली महिला विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष भगवती पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको सभामा नीलकण्ठ नगरपालिकाको प्रवक्ता एवम् नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
वि.स २०५६ सालमा स्थापना भएको यस संस्थामा हाल ११ सय जना सेयर सदस्यहरु रहेका छन् । संस्थाले यस आर्थिक वर्षमा 14 लाख 13 हजार 5 सय छैसठ्ठी रुपैया नाफा कमाउन सफल भएका छन् । शनिबार सम्पन्न भएको सभामा संस्थाको कोषाध्यक्ष पार्वती रिजाल लम्सालले आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि एवम् वडा अध्यक्ष श्रेष्ठले संस्थालाई मनोविमर्श कार्यक्रमलाई अगाडी बढाउनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसै गरी कार्यक्रममा सबै भन्दा धेरै शेयर रकम हुने सदस्य सम्मान, उत्कृष्ट नियमित बचत कर्ता सम्मान, एस ई ई २०८० मा उत्कृष्ट नतिजा ल्याउन सफल बाल बचत कर्ताहरुलाई सम्मान साथै उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो । साथै नीलकण्ठ नगरपालिका वडा नम्बर ९ ले सहकारी लाई सहयोग स्वरुप सहकारीको भवन छाउनको लागि जस्ता हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी मकेन्द्र कुमार मिश्र, रामकोट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठ लगायत सम्पुर्ण कर्मचारी र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस