धादिङ २९ भाद्र
शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष चमेली बगाले काप्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा धादिङ जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष नवराज शर्माको विशेष आतिथ्यता रहेको थियो । विभिन्न सहकारीका अध्यक्ष तथा सचिवहरुको आतिथ्यता रहेको थियो ।
२०६३ सालमा स्थापना भएको उक्त संस्थामा एक हजार नौ सय ६७ जना शेयर सदस्य र आठ सय ८५ जना बाल सदस्य रहेका छन् । साथै संस्थाको कोषाध्यक्ष रीता पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै शेयरपूँजी रु १ करोड ३० लाख ५७ हजार ९ सय, बचत रकम रु १० करोड १८ लाख ७७ हजार ५ सय २६ रुपैँया र ऋण लगानी रु ९ करोड २६ लाख ५९ हजार ७ सय ८४ रुपैँया र खुद नाफा रु ९ लाख ५७ हजार ७ सय ६३ रुपैँया रहेको जानकारी दिनुभएको हो ।
१८ औँ वार्षिक साधारण सभा तथा ६० औँ बालदिवशको अवसर पारेर बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री बितरण गरिएको थियो । त्यस्तै गरी कार्यक्रममा जेष्ठ शेयर सदस्य सम्मान, सबै भन्दा धेरै शेयर रकम हुने सदस्य सम्मान, उत्कृष्ट बाल बचत कर्ता सम्मान, उत्कृष्ट नियमित बचत कर्ता सम्मान, उत्कृष्ट आवधिक बचत कर्ता, एस ई ई २०८० मा उत्कृष्ट नतिजा ल्याउन सफल बाल बचत कर्ताहरुलाई सम्मान साथै उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी आचार्यले शुभकामना व्यक्त गर्नु हुदै सहकारीले समुदायमा उद्यमशिलता विकास तथा व्यवसाय पुनरुत्थान गरी सेयर सदस्यको जीवन स्तरमा सुधार ल्याउन महत्वपूर्ण भुमिका खेल्ने हुनाले यसै कुरालाई मनन गदैँ अघि बढ्न सुझाव दिनुभयो ।
प्रतिक्रिया दिनुहोस