धादिङ २९ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३मा रहेको न्यु धादिङ बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयको आयोजनामा विद्यार्थीहरुबाट जुनियर तहबाट dance show up र सिनियर तहबाट गायन, नृत्य magic triks ,rubiks cube solving , वाद्य वादन कला कविता वाचन, तेक्वान्दो कला र अभिनय जस्ता विभिन्न किसिमका प्रतिभाहरु प्रस्तुत गराईएको विद्यालयका प्रधानाध्यापक अभिषेक बस्यौलाले जानकारी दिनुभयो ।
न्यु धादिङ बोर्डिङ स्कुलले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस