धादिङ ११ मङ्सिर
नेपालमा प्रत्येक ५ जनामध्ये १ जनामा मानसिक समस्या हुने गरेको विभिन्न अध्ययनहरुबाट देखिएको छ । पछिल्लो समय प्रविधिको बढ्दो प्रयोग, एक्लोपन, बढी महोत्वाकांक्षी हुनु जस्ता कारणले व्यक्तिमा मानसिक समस्या बढ्दै गएको छ । मानसिक समस्या भएका व्यक्तिलाई समयमै उपचार गर्न सकिएन भने समस्या झन् बढ्दै गइ आत्महत्या गर्न सक्ने स्थितिमा समेत पुग्ने गर्दछन् । यस्ता समस्या भएका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले इुनाइटेड मिसन टु नेपाल धादिङ क्लष्टर युएमएनको सहयोगमा जगतज्योति सामुदायिक विकास समाज जेट्सले मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम संचालन गरिरहेको छ । कार्यक्रमको बारेमा आज सदरमुकाम धादिङबेशीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । जेट्सले धादिङको ज्वालामुखी गाउपालिकाको वडा नम्व्र १, २,३, ४ र निलकण्ठ नगरपालिकाको वठडा नम्वर ८ मा यो कार्यक्रम संचालन भइरहेको छ । जेड्सले कार्यक्रम संचालित क्षेत्रमा प्रभावितहरुलाई निशुल्क रुपमा औषधीसँगै मनोपरामर्श सेवा समेत प्रदान गरिरहेको छ । यस्तै उनीहरुको शिक्षा, स्वास्थ्य तथा जिविकोपार्जनमा समेत सहयोग गर्दै आएको जेड्सका अध्यक्ष धु्रव श्रेष्ठले जानकारी दिनुभयो । विशेष गरि १५ वर्षदेखि ३० वर्ष उमेरका व्यक्तिहरु बढी मात्रामा मानसिक समस्याबाट प्रभावित भएको पाइएको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस