धादिङ २७ भाद्र
उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले गाउँपालिका भित्र प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न निषेध गरेको छ ।
गाउँपालिकाले आज एक सूचना सार्वजानिक गर्दै पालिका भित्र प्लाष्टिक जन्य मदिरा पेय पदार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचना अनुसार कोही कसैले उक्त सुचनाको बर्खिलाप हुने गरी निषेधित प्लाष्टिक जन्य मदिरा पेय पद्धार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने छ ।
साथै उक्त अभियानलाई थप प्रभावकारी बनाउन यसै पालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, महिला समुह, स्थानीय बुद्धिजिवी, नेपाल प्रहरी र जनताको सक्रिया सहभागितामा प्लाष्टिक जन्य मदिरा पेय पद्धार्थ ओसारपसार, विक्री वितरण तथा सेवन गर्न पूर्ण रुपमा निषेध गर्न तथा गराउन गाउँपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस