धादिङ २७ भाद्र
धादिङमा २ दिने आँखाको मोतिविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ ।
नेपाल आँखा कार्यक्रम , तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको संयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङको ईञ्चार्ज सुपेन्द्र तामा्रकारले बताउनुभयो ।
आजदेखि सञ्चालन भएको उक्त शिविरमा पि.एच.ए.सि.ओ प्रविधिद्धारा सःशुल्क आठ हजार दुई सय र एस.आई.सि.एस प्रविधिद्धारा निःशुल्क रुपमा आँखाको शिविर सञ्चालन भईरहेको छ । शिविरको आज पहिलो दिनमा ४० जना सेवाग्राहीको आँखाको शल्यक्रिया सम्पन्न भएको छ ।
जसमा पि.एच.ए.सि.ओ प्रविधिद्धारा १४ जना भने एस.आई.सि.एस प्रविधिद्धारा २६ जनाको शल्यक्रिया सम्पन्न भएको आँखा केन्द्र धादिङका ईञ्चार्ज तामा्रकारले बताउनुभयो ।
यसरी निःशुल्क रुपमा आफ्नै जिल्लामा आँखाको शल्यक्रिया गर्न पाउदा सेवाग्राहीहरुले खुसी व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस