धादिङ २७ भाद्र
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कार्यसमिति धादिङको प्रथम बैठक सम्पन्न भएको छ ।
बुधबार बसेको जिल्ला कार्यसमिति प्रथम बैठकले अखिल क्रान्तिकारी धादिङको जिल्ला उपाध्यक्षमा सपना दाहाललाई मनोनित गरिएको हो ।
त्यस्तै बैठकले जिल्लामा २१ जना सचिवालय सदस्यहरु मनोनित गर्नुका साथै बागमती प्रदेश र केन्द्रको अधिबेसनको निम्ति प्रतिनिधि समेत टुंग्याएको छ ।
सोही बैठकले संगठनको विभिन्न विभागहरुको जिम्मेवारी समेत टुंगो लगाएको छ ।
जसको शैक्षिक विभागमा इश्वरी आचार्य, अनुशासन विभागमा रमा दनै, छात्रा विभागमा शोना श्रेष्ठ, खेलकुद विभागमा राकेश खत्री÷ राजन शाही ठकुरी र सांस्कृतिक विभागमा संगित तामाङ्ग रहेका छन् ।
उक्त बैठक अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षता, नेकपा माओबादी केन्द्र जिल्ला संयोजक मनोराज भण्डारी शैलेशको प्रमुख आतिथ्यता रहेको बैठकमा केन्द्रीय सदस्य एबं धादिङ जिल्ला इन्चार्ज उपेन्द्र जम्मकटेलको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस